•            
    • Sanu Raj Dangol

    • २८ जेष्ठ २०७८, शुक्रबार ०९:२४

    अनुवंश परिवर्तित जीव (G.M.O)

    – रत्नप्रसाद अनामणि श्रेष्ठ

    टाेखालाइभ / जेठ २८
    एक प्रजातिको वंशाणु अथवा जिवलाई अर्को पृथक प्रजातिमा स्थानान्तर गरि विकास गरिएको जिवलाई अनुवंश परिवर्तित जीव भनिन्छ। यसलाई अङ्ग्रेजीमा जि.एम. ओ.पनि भनिन्छ। जि.एम. ओ.को पूरा रुप जेनेटिकल्ली माेडिफाईड अर्गानिज्म ( Genetically modified organism)हो।कृषि व्यवसायमा जि.एम. ओ.को निक्कै चलनचल्तीको शब्द बनेको छ।
    हिजोआज यो कार्य जेनेटिक इन्जिनियरिङ प्रविधिले गर्ने हो।विरुवा तथा जीवहरुमा यसको प्रयोग गरिन्छ। कृषिमा ब्याक्टेरियाबाट धेरै किसिमका वंशाणुलाई बालिमा स्थानान्तरण गरि रोग, किरा तथा झारपात नियन्त्रणमा प्रयोग गरिदै आएको छ। यस प्रविधिले बालीको गुणस्तर तथा खाद्य पोषक तत्वको सुधारमा निक्कै सुधार आएको देखिन्छ ।

     

    यस क्षेत्रका प्राविधिकहरुले धान,मकै,भटमास ,कपास,गोलभेडा,मेवा जस्ता बालीहरुमा
    जि.एम. ओ.प्रविधि अपनाएर रसायनिक पदार्थ वा धातुलाई छुट्टयाई हानिकारक पदार्थलाई लाभ गर्ने पदार्थमा परिणत गरि बालीनालीमा निक्कै सुधार ल्याएका छन् ।विश्वमा यस प्रविधि लोकप्रिय हुँदै गर्दा नेपालमा अनुवंश परिवर्तन गरि नवीन जिवको विकास तथा बजार निस्कासन गर्ने खालको अध्ययन तथा अनुसन्धान खासै भएको छैन ।नेपाली कृषिविज्ञहरु पनि यस तर्फ आकर्षण भैरहेको भने छन् । यस प्रविधिलाई उपयुक्त वातावरण बनाइ यस तर्फबाट हुने हानी नोक्सानीहरुलाई निराकरण गरि यसबाट हुने फाइदाहरु लिन सकेको खण्डमा नेपालमा कृषि क्षेत्रले एक नयाँ माेड लिनेमा शंका गर्नु पर्दैन ।नेपाल सरकार वन तथा भु-संरक्षण मन्त्रालयले राष्ट्रिय जैविक सुरक्षा संरचना २०६३( नेसनल बायोसेफ्टी फ्रेमवर्क) तयार गरे तापनि यस अनुरुप खासै कार्य
    भएको देखिदैन ।

    समयमा नै नेपालले आधुनिक जैविक प्रविधिको अनुसन्धान , विकास यसको उपयोगिताबारे आमकृषकहरुमा छिटोभन्दा छिटो पुर्याइ यसको नकारात्मक पक्ष हटाएर बदी भन्दा बदी लाभ लिनु आजको आवश्यकता र अपरिहार्य हो।

    रत्नप्रसाद अनामणि श्रेष्ठ
    नाला, बनेपा- ४ ,काभ्रे
    हाल ,गाेंगबुँ , टाेखा नपा ९, काठमाडौं ।

    Facebook Comments

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै