•            
    • TOKHA LIVE

    • १५ बैशाख २०७९, बिहीबार २२:३१

    निद्रामा आँखा शान्त हुन्छ।

    – डा. रबिन लाल श्रेष्ठ
    दिन क्रियाकलापहरू गर्ने समय हो भने रात सुत्ने÷आराम गर्ने समय हो । त्यसैले राती सुत्नैपर्दछ । राम्रोसँग निदाउन सकिएन भने भोलिपल्ट अप्ठ्यारो महसुस हुन्छ । कम सुत्नाले स्वास्थ्य खराब हुन्छ भने अत्यधिक सुत्नाले पनि स्वास्थ्यमा प्रतिकूल असर पर्दछ । नर्सहरूमा गरिएको एक सर्वेक्षण अनुसार रातीको समयमा काम गर्ने नर्सहरू बढी तनाव, मोटोपन र मधुमेहले ग्रसित हुने देखिएको छ । दिनमा सुत्नाले कलेजो नराम्ररी प्रभावित हुन्छ भने यौन इच्छामा पनि वृद्धि हुन्छ ।
    निद्राको प्रकार

    निद्रा २ प्रकारको हुन्छ।Rapid eye movement sleep (REM SLEEP) र non-Rapid eye movement sleep ( N- REM sleep) हामी सुत्दाखेरि यी दुई प्रकारका निद्रा दोहोरिरहन्छन् । दुवै प्रकारको निद्राले शरीरमा पार्ने असर फरक–फरक हुन्छ । आँखा नफर्फराउने (N- REM sleep)
    निद्रामा आँखा शान्त हुन्छ; फर्फराउँदैन
    । तर, शरीरको मांसपेशीहरू भने सक्रिय हुन्छन् । यो निद्राको सुरूवातमा आँखाहरू हल्का फर्फराए पनि निद्रा गहिरो हुँदै गएपछि आँखाहरू विल्कुल शान्त हुँदै जान्छन् तर मांसपेशीहरू भने शान्त हुँदैनन् । हामी सपना प्रायः यस्तो प्रकारको निद्रामा धेरै देख्छौँ । यो प्रकारको निद्रामा व्यक्तिलाई सजिलैसँग ब्युँझाउन सकिन्छ । यस्तो निद्रालाई तन्द्रा पनि भन्न सकिन्छ । आँखा फर्फराउने निद्रामा REM SLEEP) आँखा तथा दिमाग एकदम सक्रिय हुन्छन्
    भने मांसपेशीहरू निष्क्रिय रहन्छन् । यो निद्रामा दिमागको सक्रियताको अवस्था तथा गति र हामी ब्युँझिएको समयको दिमागको अवस्था तथा गति उस्तै हुन्छन् । यस्तो प्रकारको निद्रा ऐसिटाइल कोलिन(Acetiline colin) भन्ने न्युरो–ट्रान्समिटर Neuro transmeter को सक्रियताले गर्दा हुन्छ । सेरोटोनिन cerotonin नामक न्युरो–ट्रान्समिटरको सक्रियताले गर्दा यस्तो प्रकारको निद्रा घट्छ । सुतेको अवस्थामा हरेक ९० मिनेटमा यस्तो प्रकारको निद्रा दोहोरिन्छ । रातको सुरूवातमा आँखा नफर्फराउने निद्राको मात्रा बढी हुन्छ भने रात छिप्पिँदै गएपछि आँखा फर्फराउने निद्राको मात्रा बढ्दै जान्छ । आँखा फर्फराउने निद्राकोअभाव भएमा व्यक्तिका कठिन कामहरू रकुराहरू सिक्ने क्षमतामा ह्रास आउँछ ।

    निद्राबाट हुने फाइदाहरू

    – हामीलाई प्रकृतिले दिनभरिको कामको थकानलाई मेट्न उपहार स्वरूप निद्रा प्रदान
    गरेकी हुन् । निन्द्राले हामीलाई स्वच्छ र स्वस्थ बनाउँछ । दिनभरिका कामहरूले गर्दा
    हुने स्नायुशक्तिको ह्रास निद्राले पुनः वृद्धि गर्दछ । निद्रा रोगलाई ठीक पार्ने
    शरीरको क्षमता र रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्ने सजिलो माध्यम हो ।
    – सुतेको अवस्थामा शरीर शोधनको काम हुन्छ; कलेजो शरीरमा भएमा विजातीय
    द्रव्यहरूलाई निर्मूलीकरण गर्न व्यस्त हुन्छ । रातको ११
    बजेदेखि बिहानको ३ बजेसम्म पित्तथैली ( Gall bladder) र कलेजोमा धेरै शक्ति सञ्चार
    हुन्छ र यी अङ्गहरू शरीरलाई विजातीय द्रव्यहरूबाट मुक्त बनाउने काममा व्यस्तहुन्छन् ।
    – अमेरिकाको युनिभर्सिटी अफ रोचेस्टरमा (America university of Rochester) मुसाहरूमा गरिएको
    एक सर्वेक्षण अनुसार निदाएको अवस्थामा दिमागमा सेरेब्रो इस्पाइनल युल्डको Cerebro-spinal yuild) सञ्चार ३० प्रतिशतले बढ्छ र बिटा अमाइलोड ( Bita amailod) भन्ने
    नियुरोटक्सिन (Neuro toxin ) लगायत अन्य दिमागलाई हानी पु¥याउने तत्त्वहरू
    दिमागबाट सफा हुन्छन् ।

    कति समय सुत्नुपर्छ त ?

    निद्राको समयावधि उमेर अनुसार फरक हुन्छ । यसमा हाम्रो जीवनशैलीले पनि
    महत्त्वपूर्ण भूमिका खेल्दछ । वृद्धहरू कम निदाउने हुन्छन् भने बच्चाहरू बढी निदाउने
    हुन्छन् । वयस्कहरू भने ६–८ घण्टाको सुताइमा आराम भएको महसुस गर्छन् ।
    एउटै उमेर समूहका व्यक्तिह रू बिच पनि निद्राको समयावधि फरक हुन्छ । एउटै उमेर
    समूहका कसैलाई ७ घण्टाको निद्रा पर्याप्त हुन्छ भने कसै–कसैलाई ९ घण्टा सुत्दा पनि फेरि
    सुतौँ–सुतौँ लाग्न सक्छ । सन् २००५ मा गरिएको एक सर्वेक्षणले पनि निद्राको समयावधि
    प्रत्येक व्यक्ति–व्यक्ति बिच फरक हुन्छ भन्ने प्रमाणित गरेको छ ।कति समय सुत्नुपर्छभन्दा यसको जवाफ एउटै छ– सुतेर बिहान उठ्दा मन प्रशन्न हुनुपर्दछ; हलुका र आनन्दित महसुस हुनुपर्दछ । आँखा खुलेपछि आनन्द महसुस भएमा भने निद्रा पुगेको ठान्नु पर्दछ । बेलुका निद्रा पुगेको छैन भने दिउँसो २०– ३० मिनेटसम्म सुत्न सकिन्छ । योभन्दा अधिक सुत्नाले अनेक स्वास्थ्य समस्या आउँछ ।
    निद्रासँग सम्बन्धित नियमहरू 

    १,राती १० बजे भित्र सुतिहाल्ने र सूर्य उदाउनुभन्दा अगाडि उठ्ने बानी बसाल्नु पर्दछ ।

    २. सुत्नु अगाडि खाना पचिसक्नु हुनुपर्दछ त्यसैले सुत्नुभन्दा ३ घण्टा पहिला नै खाना खाइसक्नु पर्दछ । रातको ९ः३० बजेदेखि पाचनतन्त्र निष्क्रिय हुन थाल्दछ र ढिलो खाना खाएमा राम्रोसँग पच्दैन ।

    ३,सुत्नु अगाडि दाँत, मुख, जिब्रो र खुट्टा सफा गर्न‘ पर्दछ ।

    ४. हलुका र खुकुलो कपडा लगाएर सुत्नु पर्दछ ।

    ५. सुत्नु भन्दा करिब आधा घण्टा पहिला नै टि.भि.हेर्न बन्द गर्न‘पर्दछ ।

    ६. सुत्ने कोठा हावादार र सफा हुनु पर्दछ । बिस्तारा अलिकति कडा हुनु पर्दछ ।

    ७. सुत्दाखेरि खुट्टा दक्षिण वा पश्चिम फर्र्काएर सुत्नु स्वास्थ्यको दृष्टिकोणले राम्रो हुन्छ ।

    ८. कहिल्यै पनि मुख ढाकेर सुत्नु हँुदैन । मुख ढाकेर सुत्दा अक्सिजनको सट्टा कार्वनडाइअक्साइडयुक्त हावा नै भित्र लिन्छौँ जसले गर्दा शरीरमा नकारात्मक असर पर्छ ।

    निद्रा नलागेमा

    १. पहिला त जीवनशैली सुधार्नु पर्दछ । आहारमा सुधार ल्याउनु पर्दछ । नियमित रूपमा दैनिक ३५–४५ मिनेट व्यायाम गर्नुपर्दछ । नित्य योग अभ्यासह रू गर्नुपर्दछ । यी कुराहरू गर्दा निद्राको बिरलै समस्या हुन्छ । २. तोरीको तेलले पैताला र पिँडुलाको मालिस गर्नाले वा पैतालाको सम्पूर्ण भाग बूढी औँलाहरूले केही बेर दबाउनाले मज्जासँग निद्रा लाग्दछ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै